ad ad

राजनीति


जनमोर्चाले प्रचण्डलाई विश्वासको मत दिन्न, कांग्रेस-एमालेलाई पनि समर्थन गर्दैन : केसी

जनमोर्चाले प्रचण्डलाई विश्वासको मत दिन्न, कांग्रेस-एमालेलाई पनि समर्थन गर्दैन : केसी

नेपालखबर
असार २८, २०८१ शुक्रबार १७:१, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका हुन्। उनले कांग्रेस–एमालेबीच भएको सत्ता समीकरणलाई पनि समर्थन नगर्ने भन्दै तटस्थ बस्ने जानकारी दिए।

उनले आफ्नो पार्टी कुनै व्यक्ति वा पार्टीको विरुद्धमा गएको नभई तत्कालिन विषयवस्तुहरुको आधारमा निर्णय गर्ने गरेको बताए।

‘पहिला पनि तपाईंहरू भएभरका सांसदहरुले वर्तमान प्रधानमन्त्रीलाई भोट दिदाँखेरी उहाँको बालकोट यात्राले गर्दाखेरी राष्ट्रिय जनमोर्चाले भोट दिएको थिएन। त्यहाँबाट फर्किएर आएपछि त समर्थन गर्‍यो नि त। त्यसो भएको हुनाले यो कोही पार्टीप्रतिको पूर्वाग्रह होइन। हामीले यो लोकतन्त्र, गणतन्त्रलाई जोगाउन सक्छौँ कि सक्दैनौँ? संकट यसमा छ’उनले भने, ‘प्रधानमन्त्री बालकोट जाँदाखेरी समर्थन नगर्ने, अनि ९० सिटवाला पार्टीको नेता अहिले बालकोट जाँदाखेरी राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ? दुईथरीलाई नै गर्दैन।’

उनले आफ्नो कसैसँग व्यक्तिगत पूर्वाग्रह नभएको स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .