ad ad

राजनीति


यी हुन् कांग्रेसमा देउवा पक्षबाट मन्त्री बन्ने ६ जना

शेखर–गगन समूहलाई तीन वटा छाडेर देउवाले टुंग्याए आफ्ना मन्त्री
यी हुन् कांग्रेसमा देउवा पक्षबाट मन्त्री बन्ने ६ जना

नेपालखबर
असार ३१, २०८१ सोमबार ९:४८, काठमाडौँ

नेपाली कांग्रेसले संस्थापन पक्षका मन्त्रीहरूको नाम टुंगो लगाएको छ। सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा नेताहरूसँगको छलफलपछि आफ्नो पक्षबाट मन्त्री बन्ने ६ जनाको नाम टुंगो लगाएका हुन्। 

स्रोतका अनुसार, कांग्रेसको भागमा परेका ९ मध्ये ६ जना मन्त्री आफ्नो पक्षबाट पठाउने देउवाको तयारी छ। 

जस अनुसार, प्रकाशमान सिंह, रमेश लेखक, आरजु देउवा, ऐनबहादुर शाही, अजय चौरसिया र दीपक खड्का मन्त्री बन्ने भएका छन्।

सिंहलाई उपप्रधानमन्त्री समेतको जिम्मेवारी दिँदै कांग्रेसका मन्त्रीहरूको नेतृत्व गरेर सरकारमा पठाउन लागिएको एक नेताले जानकारी दिए। उनले सहरी विकास मन्त्रालयको जिम्मेवारी लिनेछन्।

आरजुलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने लेखकलाई गृह मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्दैछन्।

खड्काले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाउनेछन्। ऐनबहादुर शाही भने वनमन्त्रीको शपथ लिँदैछन्। 

बाँकी रहेका तीनवटा मन्त्रालयमा शेखर–गगन समूहका सांसदहरूको नाम मागिएको छ। 

यद्यपि, शेखर–गगन समूहले कम्तीमा ४ वटा मन्त्रालय पाउनुपर्ने माग राखेको थियो। शेखर–गगन समूहबाट प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरीको नाम सिफारिस भएको थियो। 

सोही समूहबाट सांसद जीवन परियारलाई मन्त्री बनाउनुपर्ने दबाब पनि बढिरहेको छ। अन्तिम समयमा मन्त्रालय र नाममा केही हेरफेर पनि हुन सक्ने नेताहरूले बताएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .