ad ad

राजनीति


नवनियुक्त परराष्ट्रमन्त्री देउवालाई भारतीय विदेशमन्त्रीको बधाई

नवनियुक्त परराष्ट्रमन्त्री देउवालाई भारतीय विदेशमन्त्रीको बधाई

नेपालखबर
असार ३१, २०८१ सोमबार १४:३७, काठमाडौँ

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालकी नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बधाई दिएका छन्। उनी परराष्ट्रमन्त्री नियुक्त भएलगत्तै जयशंकरले समाजिक संजाल एक्समार्फत बधाई दिएका हुन्।

बधाई सन्देश दिँदै भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल–भारत बहुआयामिक साझेदारीलाई अघि बढाउन नयाँ मन्त्रीसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरेका छन्।

‘नेपालको परराष्ट्रमन्त्रीका रुपमा नियुक्त हुनु भएकोमा आरजु राणा देउवालाई हार्दिक बधाई,’ उनले लेखेका छन्, ‘नेपाल–भारत बहुआयामिक साझेदारीलाई अघि बढाउन तपाईंसँग मिलेर काम गर्न तत्पर छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .