ad ad

राजनीति


परराष्ट्रमा मन्त्री र सचिव दुवै महिला, लम्सालले भनिन्– ऐतिहासिक संयोग

परराष्ट्रमा मन्त्री र सचिव दुवै महिला, लम्सालले भनिन्– ऐतिहासिक संयोग

लम्साल पहिलो पटक महिला परराष्ट्र सचिव भएकी हुन् भने आरजु राणा पहिलो पटक मन्त्री (तस्बिर : सरोज बैजु)


नेपालखबर
असार ३१, २०८१ सोमबार १८:११, काठमाडौँ

परराष्ट्र मन्त्रालयमा मन्त्री र सचिव दुवै महिला भएका छन्।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिन्।

र, उनलाई स्वागत गरिन् परराष्ट्र सचिव सेवा लम्सालले।

विभागीय मन्त्रीका रुपमा महिला नै पाएपछि परराष्ट्र सचिव लम्सालले खुशी व्यक्त गरेकी छन्। उनले यो अवसरलाई ‘ऐतिहासिक संयोग’ भनेकी छन्।

‘म आफैं पनि सचिवका रुपमा यहाँ काम गरिहेकी छु’ सचिव लम्सालले नेपालखबरसँग भनिन्, ‘त्यो हिसाबले महिला मन्त्रीज्यूले नेतृत्व गर्नु भएको र महिला परराष्ट्र सचिवले नेतृत्व गरेको यो ऐतिहासिक संयोग हुन गएको छ। एउटा सुखद संयोग हो।’

परराष्ट्र सचिव लम्सालले मन्त्री राणासँग आफ्नो लामो सहकार्य रहेको उल्लेख गरेकी छन्।

लामो समयसम्मको सहकार्य गरेका दुई महिला मन्त्री र सचिवका रुपमा जोडिन पाउनु सुखद भएको उनले बताइन्।

उनले भनिन्, ‘मेरो त २०५५/२०५६ सालदेखिको सहकार्य हो। उहाँसँग विभिन्न हिसाबले मैले काम गरेकी छु। संयोगवश मैले माननीय ज्यूलाई मन्त्रीकारुपमा पाएकी छु। हामी आफ्नो आफ्नो करियरमा थियौं र जोडिन पुग्यौं।’

परराष्ट्र मन्त्रालयमा प्रशासनिक नेतृत्व गरिरहेकी लम्साल पहिलो पटक महिला परराष्ट्र सचिव भएकी हुन् भने आरजु राणा पहिलो पटक मन्त्री बनेकी हुन्।

पदभार ग्रहणपछि उनले राष्ट्रिय दिवसमा मित्रराष्ट्रका राष्ट्रप्रमुखलाई सन्देश पठाउने निर्णय गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .