ad ad

राजनीति


प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीको शुभकामना, ‘रिप्लाई’ दिँदै व्यक्त गरे आभार

प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षीको शुभकामना, ‘रिप्लाई’ दिँदै व्यक्त गरे आभार

नेपालखबर
साउन १, २०८१ मंगलबार १३:३१, काठमाडौँ

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शरिफले नेपालको प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हालेकोमा प्रधानमन्त्री ओलीलाई बधाई एवं शुभकामना व्यक्त गरेका हुन्।

‘चौथोपटक नेपालको प्रधानमन्त्रीको शपथग्रहण गर्नुभएकोमा सम्माननीय केपी शर्मा ओलीलाई बधाई’, शरिफले एक्समा भनेका छन्, ‘म उहाँलाई सफलताको शुभकामना दिन चाहन्छु र नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै क्षेत्रीय सहकार्य प्रवर्द्धनमा सहकार्य गर्न चाहन्छु।’

बधाई पाएपछि प्रधानमन्त्री ओलीले पनि शरिफलाई रिप्लाई गर्दै आभार व्यक्त गरेका छन्। 

‘शुभकामनाका लागि धन्यवाद सम्माननीय प्रधानमन्त्रीज्यू’, ओलीले भनेका छन्, ‘म हाम्रा देश र जनताको सामूहिक हितका लागि नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन नजिक रहेर सहकार्य गर्न इच्छुक छु।’

यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री ओलीको कार्यकालमा द्विपक्षीय सहयोगका साथै क्षेत्रीय सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास प्रधानमन्त्री शहबाजले व्यक्त गरेका छन्।

ओलीलाई नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हासमीले पनि भेटेर प्रधानमन्त्रीय कार्यकालको सफलताको शुभकामना दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .