ad ad

राजनीति


देश कसले चलाएको रहेछ भन्ने कुरा राम्रोसँग थाहा पायौँ : सभापति लामिछाने

देश कसले चलाएको रहेछ भन्ने कुरा राम्रोसँग थाहा पायौँ : सभापति लामिछाने

नेपालखबर
साउन ३, २०८१ बिहिबार १६:५४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाउँछ भन्नेकुरा राम्रोसँग जानकारी मिलेको बताएका छन्।

बिहीबार पार्टीको नीति मन्थनबारे सम्बोधन गर्दै उनले सरकारमा ४ महिनाको अवधिमा बस्दा कुन शक्तिबाट देश चल्छ भन्नेकुरा राम्रोसँग बुझ्न पाएको भन्नेकुरा थाहा पाएको बताए। 

गोपनियताको शपथ ग्रहण गरेकाले सबैकुरा भन्न नमिल्ने भन्दै उनले सरकारमा बस्दा कुन शक्ति हाबी हुन्छ र कुन शक्तिबाट सरकार चलेको छ भन्नेकुराको जानकारी पाएको बताए। 

‘अब अहिले जुन चार महिनाको अवधि हामीले सरकारमा बस्यौँ, यो अवधिले अब चाहीँ हामीलाई धेरै कुरा बुझ्न सहयोग मिलेको छ। अब पद र गोपनियताको शपथ खाएका छौँ, सबैकुरा सार्वजनिक गर्न त मिल्दैन। तर देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रो सँग थाहा पायौँ,’ उनले भने।

नयाँ राजनीतिक दल भएर किन सरकारमा गएको भन्ने प्रश्नहरू आएको भन्दै सरकारमा गएर नै सरकार भित्रका गल्तीहरु बुझ्ने पनि बताए। 

पुराना राजनीतिक दलहरुसँग सँगै उभिँदा गल्ती केही नगरे पनि गाली मात्रै खाएको उनको जिकिर थियो। २१ जना भ्रष्टहरूलाई संसदमा जान रोकेर आफूहरुले राम्रा मान्छे ल्याएको दाबी गरे।

‘नयाँ राजनीतिक दल भएर सरकारमा किन गएको? भन्छन्। सरकारमा किन गएको भनेको भन्यै छन्। पुराना राजनीतिक दलहरुसँगसँगै उभिँदाखेरी गल्ती केही नगर्दा पनि गाली खाने बाहेक केही काम भएन।  तर हामी त केही सिक्नु थियो,’ सभापति लामिछानेले भने, ‘हामीले त केही गर्नु थियो। हामी त हेर्नु थियो। सिंहदरबार कसरी चलाउने भन्नेकुरा जान्नका लागि सिंहदरबार कसरी चल्दैछ भन्नेकुरा हेर्नैपर्छ। जति गाली खाएर भएपनि केही समय सरकारमा जानु नै थियो। अघिल्लो पटक पर्याप्त थिएन। ३४ दिन म भएँ। अरु साथीहरु २४ दिन जति हुनुभयो। त्यो कुनै पर्याप्त समय नै थिएन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .