ad ad

राजनीति


संवैधानिक परिषद्‌मा अल्पमतमा परेपछि उपसभामुखको विषय निकालियो : सांसद सापकोटा

संवैधानिक परिषद्‌मा अल्पमतमा परेपछि उपसभामुखको विषय निकालियो : सांसद सापकोटा

नेपालखबर
साउन ६, २०८१ आइतबार १३:४७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले उपसभामुख इन्दिरा राना मगरमाथि गलत उद्देश्यका साथ प्ररित भएको पाइए आफूहरू सशक्त ढंगबाट प्रतिवादमा उत्रने चेतावनी दिएका छन्। 

आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले संवैधानिक परिषद्‌मा अल्पमतमा परेपछि उपसभामुखको विषयलाई हाइलाइट गरिएको बताए। 

‘उपसभामुखको विषय आयो। खासगरी, राजनीतिक र नैतिक प्रश्न यो हो। यसलाई स्वीकार गर्नुपर्छ। संवैधानिक परिषद्‌मा तपाईंहरू अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ हाइलाइट गरिएको छ। यदी साँच्चै त्यो हो भने मान्छेको चरित्र हत्या गर्नेका प्रति संसद्ले न्याय गर्न पर्छ,’ उनले भने। 

साथै, सांसद सापकोटाले प्रतिपक्षीले यो विषयलाई सशक्त ढंगबाट प्रतिवाद गर्ने बताए। 

‘संवैधानिक परिषद्‌मा रातारात के के निर्णय गर्न परेको छ, त्यो उद्देश्यका साथ प्रेरित गरिएको हो भने हामी प्रतिपक्षीले सशक्त ढंगबाट प्रतिवाद गर्छौं,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .