ad ad

राजनीति


रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

नेपालखबर
साउन ७, २०८१ सोमबार २०:५५, काठमाडौँ

नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस भएका छन्।

आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले जोशीलाई बढुवा गर्न सिफारिस गरेको हो।

जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन्। एआईजी उमेशराज जोशीले असार १९ गते अनिवार्य अवकास पाएपछि रिक्त दरबन्दीमा उनलाई बढुवा गर्न सिफारिस गरिएको हो।

हाल कार्यरत डीआईजीको बरियतामा पनि उनी नै पहिलो नम्बरमा थिए। बढुवा समितिले बरियता अनुसार नै सिफारिस गरेको हो।

यसअघि उक्त कोटामा पोषराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको थियो। तर उनलाई अवकासको अघिल्लो दिन बढुवा गर्ने प्रयास सरकार परिवर्तनले सफल भएन। उनी डीआईजीमै अवकास भइसकेका छन्।

एआईजी भएपनि उनी २१ गतेबाट अवकास हुने थिए।

उनीहरु २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका जोशी उमेर हदका कारण आगामी कात्तिक १८ गते अनिवार्य अवकास हुनेछन्।

जोशी एआईजीमा बढुवा सिफारिस भएसँगै नेपाल प्रहरीमा दुईजना डीआईजीको दरबन्दी रिक्त भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .