ad ad

राजनीति


राष्ट्रपतिमा कमला ह्यारिसलाई पार्टीबाट पनि प्राप्त भयो समर्थन

भनिन्– मेरो उद्देश्य डोनाल्ड ट्रम्पलाई हराउने हो
राष्ट्रपतिमा कमला ह्यारिसलाई पार्टीबाट पनि प्राप्त भयो समर्थन

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस


नेपालखबर
साउन ८, २०८१ मंगलबार ११:१६, काठमाडौँ

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवार बन्न आफ्नो पार्टी डेमोक्र्याटिक पार्टीबाट पनि समर्थन पाएको बताएकी छन्। 

यसअघि राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौड छाड्दै उपराष्ट्रपति ह्यारिसलाई समर्थन गरेका थिए। तर पार्टीबाट उनको नाममा समर्थन प्राप्त भइसकेको थिएन। 

अहिले भने डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक समर्थन प्राप्त भएको ह्यारिसले आफैँले जानकारी गराएकी हुन्। 

ह्यारिसले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘आज राति म हाम्रो पार्टीको उम्मेदवार बन्न आवश्यक समर्थन पाउँदा गर्व लागेको छ।’

उनले अगाडि लेखेकी छन्, ‘आगामी केही महिनामा म देशैभर घुमेर अमेरिकाका जनतासँग हरेक मुद्दामा कुरा गर्नेछु। मेरो उद्देश्य हाम्रो पार्टी र राष्ट्रलाई एकताबद्ध गर्ने र डोनाल्ड ट्रम्पलाई हराउने हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .