ad ad

राजनीति


नियमअनुसार नै विद्युतको बक्यौता उठाइन्छ : प्रधानमन्त्री

नियमअनुसार नै विद्युतको बक्यौता उठाइन्छ : प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
साउन ९, २०८१ बुधबार ६:१२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार नै विद्युत् बक्यौता उठाइने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री ओलीले विद्युतको बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने बताएका छन्।

 ‘हामीलाई उद्योगबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कूल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ’, उनले लेखेका छन्।

यस विषयमा सरकार र विद्युत् प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद नरहेको पनि ओलीले प्रष्ट पारे। 

अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगमा काटिएको विद्युत् लाइन अहिले जोडिएको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .