ad ad

राजनीति


मानव अधिकार आयोगले भन्यो– विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नगर

मानव अधिकार आयोगले भन्यो– विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्ति नगर

नेपालखबर
साउन ९, २०८१ बुधबार १६:९, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक परिषद् र राज्यका विभिन्न निकायबाट समाजिक र नैतिक रुपमा विवादित व्यक्ति नियुक्ति नगर्न आग्रह गरेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलले सामाजिक र कानूनी रुपमा विवादित व्यक्तिहरुलाई नियुक्त गर्ने कार्य कानूनी शासनको विपरीत हुने र यसबाट दण्डहीनतालाई प्रश्रय पुग्नुका साथै राज्यका निकायप्रति आमनागरिकको भरोसा समेत टुट्ने बताएको छ। 

‘नेपाल सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहबाट कार्यपालिका, संवैधानिक निकाय तथा विभिन्न सार्वजनिक निकायका उच्च पदहरुमा फौजदारीलगायत विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानविन प्रक्रियामा रहेका एवम् सामाजिक र नैतिक रुपमा विवादित व्यक्तिहरुलाई नियुक्ति सिफारिस गरेको र नियुक्ति गर्ने क्रममा रहेको जानकारी आयोगलाई प्राप्त भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

आयोगले कुन कुन निकायले कुन कुन विवादित व्यक्ति नियुक्ति तथा नियुक्ति सिफारिस गर्‍यो भन्ने खुलाएको छैन। 

‘लोकतन्त्रको भावना र संविधानको मर्म विपरीत हुने गरी विभिन्न विषयमा विवादमा आएका व्यक्तिहरुलाई सार्वजनिक निकायमा नियुक्ति नगर्नरनगराउन आयोग नेपाल सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन गर्दछ,’ पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .