ad ad

राजनीति


चित्रबहादुरको प्रश्न : बिग्रेको जहाजमा किन ठूलो संख्यामा कर्मचारीलाई उडान अनुमति दिएको?

चित्रबहादुरको प्रश्न : बिग्रेको जहाजमा किन ठूलो संख्यामा कर्मचारीलाई उडान अनुमति दिएको?

नेपालखबर
साउन ९, २०८१ बुधबार १६:१५, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले सौर्य एयरको जहाज दुर्घटना हुनुमा नेपाल नागरिक उड्ययन प्राधिकरणको लापरवाही रहेको ठहर गरेको छ।

अध्यक्ष चित्रबहादुर केसीले बुधबार एक विज्ञप्ति प्रकाशित गरी बिग्रेको जहाजमा ठूलो संख्यामा कर्मचारी राखेर उडान अनुमति दिनु नै प्राधिकरणको लापरवाही भएको बताएका छन्।

अध्यक्ष केसीले दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली तथा घाइते क्याप्टेनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा दुर्घटनाको छानबिन गरी लापरवाही गर्ने पदाधिकारीमाथि आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

यस्तो छ विज्ञप्ति
आज २०८१ श्रावण ९ गतेका दिन काठमाडौं विमानस्थलमा भएको हवाइजहाज दुर्घटनाप्रति हामीले गम्भीर दुःख व्यक्त गर्दछौँ। हवाइजहाजमा रहनुभएका कर्मचारी दलका मृतक सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ। मृतकका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ। घाइते जहाज चालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

दुर्घटना भएको जहाजको परीक्षणका लागि त्यति ठूलो संख्यामा प्राविधिक कर्मचारीहरूलाई जहाजमा राखेर परीक्षण गर्न गराउनका लागि अनुमति दिनु नै नागरिक उड्डयन प्राधिकरणको गम्भीर लापरबाही भएको देखिन्छ। त्यसरी नागरिक उड्डयन प्राधिकरणले किन अनुमति दियो? त्यसका लागि जवाफदेही व्यक्ति वा पदाधिकारीमाथि आवश्यक छानबिन गरिनु पर्ने आवश्यकतामाथि हामीले जोड दिन्छौँ।
धन्यवाद!

 

२०८१ साउन ९ गते  
चित्रबहादुर केसी
अध्यक्ष

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .