ad ad

राजनीति


चीनमा परराष्ट्र सचिव : बीआरआईबारे मौन रहँदै गरिन् ‘ट्रान्स हिमालय नेटवर्क’को चर्चा

चीनमा परराष्ट्र सचिव : बीआरआईबारे मौन रहँदै गरिन् ‘ट्रान्स हिमालय नेटवर्क’को चर्चा

पाँचौं चीन–दक्षिण एसिया सहयोग सहकार्यमा मञ्चमा सम्बोधन गर्दै परराष्ट्र सचिव सेवा लम्साल। तस्बिर : परराष्ट्र मन्त्रालय


नेपालखबर
साउन ९, २०८१ बुधबार १८:२६, काठमाडौँ

उत्तरी छिमेकी चीनको भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले त्यहाँको कुनमिङमा जारी पाँचौं चीन–दक्षिण एसिया सहयोग सहकार्यमा मञ्चमा सम्बोधन गरेकी छिन्। 

बुधबार मञ्चमा सम्बोधन गर्दै नेपाल सरकारले ‘हिमालय सिमापार बहुआयामिक सम्पर्क संजाल’ अन्तर्गत बिकास सहकार्यलाई महत्व दिने बताएकी उनी चीनले नै अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)बारे भने मौन रहिन्।

‘नेपाल सरकार ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क अन्तर्गत बिकास सहयोगलाई अझ मजबुत गर्न गरिएको समझदारीलाई महत्व दिन्छ,’ लम्सालले भनेकी थिइन्, ‘हामी भविष्यमा सहयोगका कैयौं क्षेत्रमा चीनसँगको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे विश्वस्त छौं।’

छोटकरीमा ‘ट्रान्स हिमालयन नेटवर्क’ समेत भनिने यो बीआरआई अन्तर्गतकै चीन–नेपालबीचको आर्थिक करिडोर हो। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जीनपिङ नेपाल भ्रमणमा आएका बेला ट्रान्स हिमालयन नेटवर्कको समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको थियो।

परराष्ट्र सचिव लम्सालले नेपाल व्यापार, पर्यटन, लगानी, शिक्षा, संस्कृति र जनता–जनताबीच आदान–प्रदान जस्ता क्षेत्रमा सहयोग अझ बढाउनका लागि चीन सरकारसँग काम गर्न उत्सुक रहेको समेत धारणा राखेकी थिइन्।

मञ्चको साइडलाइनमा लम्सालले चिनियाँ विदेश मन्त्रालयमा एसिया मामिलाका विशेष दूत रहेका डेन सिजुनसँग भेटवार्ता समेत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूबीच भेटका अवसरमा बिकास सहकार्य र जन सम्बन्धबारे छलफल भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .