ad ad

राजनीति


गणतन्त्रमा साना साना कम्युनिस्ट राजहरू उम्रिरहेका छन् : वामदेव गौतम

गणतन्त्रमा साना साना कम्युनिस्ट राजहरू उम्रिरहेका छन् : वामदेव गौतम

नेपालखबर
साउन १२, २०८१ शनिबार १४:८, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता अभियानका संयोजक वामदेव गौतमले गणतन्त्रमा पनि साना साना कम्युनिस्ट राजाहरू उम्रिरहेको टिप्पणी गरेका छन्। 

शनिबार काठमाडौँमा पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले जतिसुकै मतभेद भएपनि कम्युनिस्ट पार्टीहरू एक हुनुपर्ने बताए। 

‘आज राजतन्त्र छैन, गणतन्त्र भन्ने हो। साना साना कम्युनिस्ट राजाहरू, कांग्रेसका कति छन् थाहा छैन,’ उनले भने, ‘अरु पनि त्यस्ता राजौटाहरू उम्रिरहेका छन्। यो देश राजै राजाहरूको देश बनेको छ। यसले कुनै बाटो पकडेको छैन। फेरि एक पटक कम्युनिस्ट एकता गरौँ।’

साथै, उनले कम्युनिस्ट पार्टी एकीकरणका लागि आफू पहिल्यैदेखि लागेको भन्दै पुष्पलालको जन्मजयन्ती पारेर कम्युनिस्ट नेताहरूले आजै एकताको प्रतिवद्धता जाहेर गर्नुपर्ने तर्क पेस गरे। 

‘म कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न धेरै पहिलादेखि लागेको हुँ। नेकपा माओवादी केन्द्रसँग एकताको पहल मैले गरेको हो। जब दुई पार्टी एकतावद्ध भएपछि म यति खुसी भएँ। मैले मेरो जीन्दगीमा अरु यति खुसी हुन सक्दिनँ,’ उनले भने, ‘अब हामीले पार्टी एकता गर्छौं। एउटै पार्टी निर्माण गर्न सक्छौँ।’

सभा समारोहमा एकले अर्कोलाई भन्नु नभन्नु गाली गर्ने र केहीबेरमै बाहिर निस्किएर चिया पिउने प्रवृत्ति अन्त्य गर्नुपर्ने गौतमको भनाइ थियो। 

‘यस्ता सभा समारोहमा भन्नु नभन्ने भन्ने, बाहिर सँगै बस्ने चिया खाने गरेकै छौँ यसभन्दा अगाडि,’ कुनै पार्टीबाट यो कुरा निर्णय नै गरेर अघि बढन्ुपर्छ। भएको पार्टी फुट्दै जाने, फुट्दै जाने अनि एउटाले समाजवादी क्रान्ति भन्ने, अर्कोले अर्को क्रान्ति भन्ने कति क्रान्ति हुन् क्रान्ति?’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .