ad ad

राजनीति


कांग्रेस–एमालेबीचको संविधान संशोधन गर्ने सहमति मान्दैनौं: झलनाथ खनाल

कांग्रेस–एमालेबीचको संविधान संशोधन गर्ने सहमति मान्दैनौं: झलनाथ खनाल

नेपालखबर
साउन १२, २०८१ शनिबार १६:५०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने कांग्रेस–एमालेबीचको सहमति मान्य नहुने चेतावनी दिएका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई ठूला पार्टीले सत्ता स्वार्थका लागि गरेको कुनै पनि सहमति मान्य नहुने बताए। ‘दुई वटा पार्टीले आफ्नो सत्ता स्वार्थका लागि यस्तो गट्टी खेल गर्नुहुन्छ ? होइन त्यस्तो कुरा। त्यसकारणले हामी त्यो कुरालाई मान्दैनौं,’ खनालले भने।


उनले समानुपातिक प्रणालीलाई मास्ने गरी दुई ठूला दलबीच सहमति भएको भनिएको सुनिएको उल्लेख गर्दै यदि त्यो सही हो भने आफूहरुले मेचीदेखि महाकालीबाट संग्राम सुरु गर्ने चेतावनी दिए।

‘यो संविधान संविधान सभाले बनाएको हो,’ खनालले भने, ‘कसैको निगाहाले बनाइएको होइन। दुईवटा पार्टीले मात्रै बनाएको पनि होइन। संविधान सभाको म्याण्डेटलाई अभिव्यक्ति नगर्ने कुनैपनि संशोधन नेपाली जनतालाई मान्य हुँदैन। संविधान संशोधन यस्तो खेलाँची गट्टी खेल होइन।’

उनले थपे, ‘विभिन्न समूह, जाति, क्षेत्र आदिलाई प्रतिनिधित्व गराउनका लागि हामीले ल्याएको यो समानुपातिक प्रणाली हो। समानुपातिक प्रणालीले कमजोर, साना, पिछडिएका समूहरुको हितलाई प्रतिनिधित्व गरिरहेको छ। त्यसकारण यो लोकतन्त्रको पनि बडो मार्मिक कुरा हो। यो त पुँजीपतिहरुले एउटा अपोजिसन, एउटा सत्ता चाहन्छ भन्ने आधारमा पूजीवादलाई बचाउन खोजिएको छ। अब समाजवादले त्यो कुरालाई सहन गर्दैन। समाजवादले अब त्यस्तो कुरालाई मान्दैन।’


नेता खनालले सत्तारुढ कांग्रेस–एमालेले हस्ताक्षर सहितको ७ बुँदे सहमती सार्वजनिक नगरेर संसदलाई समेत ढाँटेको जिकिर पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .