ad ad

राजनीति


ठगी गर्ने सेयर कारोबारीमाथि कारबाही गर्न सांसद सिंहको माग

ठगी गर्ने सेयर कारोबारीमाथि कारबाही गर्न सांसद सिंहको माग

नेपालखबर
साउन २१, २०८१ सोमबार १४:४०, काठमाडौँ

प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरूमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बिनाआधार सेयर बजार उकालो लागेको देखाएर आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न माग गरे।

साथै त्यस्ता कम्पनीहरूमाथि छानबिन गर्नका लागि सरकारले एउटा समिति गठन गर्नुपर्ने उनको भनाई थियो।

सांसद सिंहले आम जनतालाई गुमराहमा राख्ने कुनैपनि सेयर कारोबारमा संलग्न कम्पनीहरूमाथि नियमनकारी निकायले पनि कडा निगरानी राख्नुपर्ने बताए।

उनले भने, ‘म नेपाल सरकार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु–गरिब जनतामाथि ठगी गरेर सेयर बजारमा कृत्रिम ढंगले अघि बढाएर आम जनतालाई ठग्ने काम बन्द होस्। सरकारले यसलाई रेगुलेट गरोस्। छानबिन समिति बनाएर त्यस्ता कृत्रिम ढंगले सेयर कारोबार गर्ने कम्पनीहरू छ, कसले जनतालाई गुमराहमा पार्ने काम गरेको छ? तिनीहरुलाई कारबाहीको लागि छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दछु।’

सेयर बजारमा कृत्रिम ढंगले काम गर्ने कुनैपनि कम्पनीलाई सरकारले कारबाहीको दायरामा तत्काल ल्याउनुपर्ने सांसद सिंहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .