ad ad

राजनीति


न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्नेमा कांग्रेस सांसदहरूको जोड

न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्नेमा कांग्रेस सांसदहरूको जोड

नेपालखबर
साउन २१, २०८१ सोमबार १८:३५, काठमाडौँ

नेपाली कांग्रेसका सांसदहरूले वर्तमान सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने धारणा राखेका छन्।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेस सांसदहरूले सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर सोही अनुरुप सरकार सञ्चालन गर्नुपर्ने बताएका हुन्।

उनीहरूले दुई वा दुईभन्दा बढी दलहरू सम्मिलित सरकारमा न्यूनतम साझा कार्यक्रम आवश्यक हुने भन्दै कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन्।

नेपाली कांग्रेसका सह–महामन्त्री तथा सांसद जीवन परियारले सरकारले न्युनतम साझा कार्यक्रम बनाउने विश्वास व्यक्त गरे। उनले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने विषय मुख्यगरी न्यूनतम साझा कार्यक्रममा उल्लेख हुनुपर्ने बताए।

त्यसैगरी सरकारले विकास निर्माणको कामलाई तिब्रता दिनुपर्ने पनि उनले बताए।

उनले भने, ‘कुनैपनि सरकार दुई वा दुईभन्दा बढी दलको बनिसकेपछि सरकारको एउटा निश्चित कार्यदिशा हुनुपर्छ । सरकार कसरी अगाडी बढ्ने? सरकारले के–के कुरालाई प्राथमिकताका साथ अगाडी बढाउने? र साझा न्यूनतम कार्यक्रम बनाउनु आवश्यक हुन्छ।’

कांग्रेसका अर्का सांसद अर्जुननरसिंह केसीले पनि सरकारको न्यूनतम साझा कार्यक्रम कांग्रेस र एमालेका बीचमा भएको सात बुँदे सहमतिको दिग्दर्शनमा आधारित भएर आउनुपर्ने बताए।

उनले जनतामा देखिएको निराशा र असन्तुष्टि अराजकतामा परिणत हुन थालिसकेको भन्दै जनतामा आशा जगाउनुपर्ने बताए। सरकारले सुशासनमा केन्द्रित भएर न्युनतम साझा कार्यक्रम बनाउनुपर्ने उनले बताए। भ्रष्टाचारको अन्त्य गर्नुपर्ने पनि उनले उल्लेख गरे।

उनले भने, ‘सुशासनमा सम्पूर्ण रुपले केन्द्रित हुनु आवश्यक छ। आर्थिक विकृतिले सीमा नाघेको स्थिति छ। भ्रष्टाचारले हरेक ठाउँमा जरा गाडेको छ। त्यसलाई निमिट्यान्न गर्नका लागि सरकार लाग्नुपर्छ। चर्चित भ्रष्टाचार काण्डहरुलाई दह्रो मुटु लिएर छानबिन गर्नुपर्छ भन्ने आँट सरकारसँग हुनुपर्छ। आर्थिक क्षेत्रमा सुधार देखाउनुपर्ने छ। यिनै अहिलेको न्यूनतम साझा कार्यक्रमको मुख्य आधार हुनुपर्छ भन्ने मलाई लाग्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .