प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र नागरिकको विकास र समृद्धिका लागि काम गर्ने बताएका छन्।
बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा एमाले काठमाडौँ महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट आयोजित बधाई ज्ञापन कार्यक्रममा उनले देशमा सुशासन कायम गरी नागरिको जीवनस्तर उकास्न र अहिलेको आर्थिक अवस्थालाई सुदृढ बनाउनु पहिलो जिम्मेवारी रहेको धारणा व्यक्त गरे।
उनले सुरु भएका परियोजनाहरू टुंग्याउने काम सरकारको पहिलो प्राथमिकतामा रहेको पनि बताए।
ओलीलाई एमाले काठमाडौँ महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट प्रधानमन्त्री नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको थियो।
60
Shares
प्रतिक्रिया