ad ad

राजनीति


हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो तर देश बँच्यो : प्रचण्ड

हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो तर देश बँच्यो : प्रचण्ड

नेपालखबर
साउन ३०, २०८१ बुधबार १४:१९, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई टुंग्याउने क्रममा सेना समायोजन र हतियार व्यवस्थापन निकै जटिल रहेको बताएका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थापनका लागि आफूले जोखिम उठाएको समेत जिकिर गरे। ‘सेना समायोजन, हतियार व्यवस्थापन निकै जटिल थियो,’ उनको भनाइ थियो, ‘यदि नेतृत्वले जोखिम नउठाएको भए, यदि नेतृत्व नेपाली जनताको नजरमा विश्वसनीय नभएको भए, हतियार व्यवस्थापन सम्भव हुने थिएन।’

प्रचण्डले हतियार व्यवस्थापन गरेकै कारणले आफ्नो पार्टी विभाजित भएको समेत दाबी गरे। ‘बिनाकुनै खुन खराब त्यो सफल गरियो,’ उनले भने, ‘एउटै मात्रै क्षति मेरो पार्टीले व्यहोर्नुपर्‍यो। मैले हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो। देश बँच्यो। शान्ति स्थापित भयो। त्यस कुरामा मलाई गर्व छ।’ 

नेपालको शान्ति प्रक्रिया मौलिक रहेको समेत प्रचण्डको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .