ad ad

राजनीति


प्रचण्डको खुलासा–विभिन्न मानिस आएर जनार्दनले पार्टी फुटाउँदै छ भनेर सुनाउने गरेका थिए

प्रचण्डको खुलासा–विभिन्न मानिस आएर जनार्दनले पार्टी फुटाउँदै छ भनेर सुनाउने गरेका थिए

नेपालखबर
भदौ १, २०८१ शनिबार १२:११, काठमाडौँ

पूर्व प्रानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न मानिसहरू आएर आफूलाई उपहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदै छ भनेर सुनाउने गरेको खुलास गरेका छन्। 

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले स्थायी समिति बैठकपछि भने त्यो सत्य नरहेको प्रष्ट भएको बताए।

प्रचण्डले स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट भएको पनि बताए। 'जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले त्यो भाषा त कहिल्यै भनेको थिएन,' प्रचण्डले भने, ‘तर विभिन्न मानिसहरुले आएर सुनाउने गरेका थिए। त्यसले यदाकदा के हो भन्ने भएको थियो। स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट पार्नुभएको छ। जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दछु। पार्टी फुट्दैन, त्यो सुनिश्चित भएको छ। अब एकतावद्ध भएर जाने हो।’

प्रचण्डले आगामी निर्वाचनसम्म पार्टीलाई राम्रो पार्टीका रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाए। उनले आगामी दिनमा देशव्यापी रुपमा अभियान सञ्चलन गर्ने बताए। जनतासँग सम्बन्धित भएर पार्टी रुपान्तरण एवं एकीकरण गर्ने प्रचण्डको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .