ad ad

राजनीति


चाडपर्वमा सहज र सुपथ मूल्यमा खाद्यवस्तुको आपूर्ति गर्न संसदीय समितिको निर्देशन

चाडपर्वमा सहज र सुपथ मूल्यमा खाद्यवस्तुको आपूर्ति गर्न संसदीय समितिको निर्देशन

फाइल फोटो


नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १७:४६, काठमाडौँ

संसदीय समितिले चाडपर्वमा खाद्यवस्तुको सहज आपूर्ति हुनेगरी बजारको बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले चाडपर्वका बेला खाद्यवस्तु सहज र सुपथ मूल्यमा उपलब्ध हुनेगरी बजार अनुगमनको कामलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको हो।

चिनी, चामल, तेललगायतका खाद्य वस्तुहरुको बलो बजारी, अस्वभाविक मूल्यवृद्धि नहुने गरी आवश्यक व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सचेत गराइएको समितिका सभासपति अब्दुल खानले जानकारी दिए।

त्यसैगरी बैठकले आवश्यकताअनुसार सुपथ मूल्य पसल देशका विभिन्न स्थानमा बिस्तार गर्न पनि सरकारलाई निर्देशन दिएको छ। सभापति खानले चिनीलगायतका कुनैपनि खाद्य वस्तुको अभाव हुन नदिने गरी खरिद प्रक्रियालाई प्रभावकारी बनाउन पनि सरकारलाई ध्यानाकर्षण गराइएको बताए।

उनले भने,‘चाडपर्वको अवसरमा हुने गरेको कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यवृद्धिलाई रोक्न मन्त्रालय र मातहतका निकायबाट  हुने गरेको बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन, सुपथमूल्य पसलहरु मुलुकको विभिन्न स्थानमा बिस्तार गर्न नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने । समितिको २०८० पुस ४ गतेको बैठकबाट दिइएको निर्देशन मन्त्रालयलाई पठाइएकोमा हालसम्म पनि कार्यान्वयनको अवस्था समितिलाई जानकारी नभएकाले पुनः जानकारीका लागि पत्रदेखि पठाउने। चिनीको अभाव हुन नदिनेगरी सरकारले त्यसको आवश्यक व्यवस्था मिलाउने।’

बैठकमा सांसदहरुले खाद्यबस्तुको अखाद्य वस्तुको मिसावट हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द बरालीले उपभोक्ताको ज्यानै जाने भएकाले सरकारले खाद्य वस्तुमा हुने मिसावट नियन्त्रणका लागि विशेष ध्यान दिनुपर्ने बताए। उनले बजारमा खाद्य बस्तुको अभाव हुन नदिनेगरी सरकारले बजारको अनुगमनको काम गर्नुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले विचौलियाहरुले बजारको रजगज गर्न नपाउने गरी सरकारले बजार अनुगमन गर्नुपर्ने बताए। उनले आम उपभोक्ताको हितसँग सम्बन्धित निकायहरुले पनि बजार अनुगमनको काममा ध्यान दिनेपर्ने बताए।

सांसद अर्यालले बजारमा आम उपभोक्तामाथि ठगी गर्ने काम चाडबाडका बेला बढी हुने भएकाले त्यसमा पनि सरकारले कडा निगरानी राख्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .