ad ad

राजनीति


फाइल बोकेर सहकारी ठगी प्रकरणबारे बयान दिन पुगे रवि (तस्बिरहरू)

फाइल बोकेर सहकारी ठगी प्रकरणबारे बयान दिन पुगे रवि (तस्बिरहरू)

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १८:७, काठमाडौँ

सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिइरहेको छ। 

सिंहदरबारस्थित समितिको कार्यकक्षमा शुक्रबार दिउँसोदेखि सभापति लामिछानेले समितिलाई बयान दिइरहेका हुन्। 

बयानका लागि सिंहदरबार पुगेका सभापति लामिछाने केही फाइल र कागजातसहित समितिको कार्यकक्षमा पुगेका छन्।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालिन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका उनलाई बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन्।

समितिले गोर्खा नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग पनि आजै बयान लिइएको छ। 

गएको बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले संसदीय छानबिन विशेष समितिले आफूलाई बयानका लागि बोलाएको जानकारी गराएका थिए। 

काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामार्फत रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ।

करिब ५० हजार सर्वसाधारणले चार सहकारीमा जम्मा गरेको झण्डै ९६ करोड रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा सारिएको आरोप लामिछानेमाथि छ। 

लामिछाने प्रबन्ध निर्देशक र जीबी राई अध्यक्ष भएका बेला गोर्खा मिडिया नेटवर्कमा काठमाडौँको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहारा र बुटवलको सुप्रिमसहितका सहकारीबाट कम्तीमा पनि ९५ करोड ८१ लाख रुपैयाँ ल्याई अपचलन गरेको आरोप छ। 

लामिछाने २०७८ वैशाख ५ देखि २०७९ असार १ सम्म गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक थिए । 

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .