ad ad

राजनीति


केही समयपछि फुटेर गएका बाँकी माओवादी पनि एकताबद्ध हुन्छन् : प्रचण्ड

केही समयपछि फुटेर गएका बाँकी माओवादी पनि एकताबद्ध हुन्छन् : प्रचण्ड

नेपालखबर
भदौ ८, २०८१ शनिबार १८:२८, काठमाडौँ

पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकाअ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयपछि फुटेर गएका माओवादीहरु पनि एकताबद्ध हुने दाबी गरेका छन्। शनिबार माओवादी केन्द्रको काठमाडौं–नुवाकोट सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो पार्टी कसैले फुटाउन नसक्ने ठोकुवा गरे।


‘हाम्रो तीनवटा प्रदेशको बैठक सकियो, म तात्तातो तपाईहरुलाई भन्दैछु,’ उनले भने, ‘कसैले हाम्रो पार्टी फुटाउन सक्दैन। हिल्याउन सक्दैन। बरु हेर्नुहोला, केही समयपछि फुटेर गएका बाँकी रहेका माओवादीहरु पनि एकताबद्ध हुन्छन्। माओवादी आन्दोलन एकतावद्ध गरेर हामी अगाडी बढ्छौँ।’

माओवादीहरुलाई एकतावद्ध पार्नु नै आफ्नो लक्ष्य भएको प्रचण्डको भनाइ छ। ‘यही हाम्रो लक्ष्य हो,’ उनले भने, ‘हाम्रो पार्टी फुटाउने षड्यन्त्र त प्रतिक्रियावादीहरुले जनयुद्धका बेला पनि गरे। पछि पनि गरेकै हुन्। केही साथीहरु विभाजित भएर जानु पनि भएको हो। धेरैजसो फर्केर हामी एकतावद्ध भयौँ। बाँकी रहेकासँग पनि एकता, वार्ता चलिराखेको छ। छिट्टै हामी एकतावद्ध हुने प्रयासमा अगाडी बढिराखेका छौँ।’

उनले जनताको घर–आँगनमा गएर २०६४ सालको जस्तै मत ल्याउन सकिने भन्दै आगामी निर्वाचनमा माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल बनाउनेगरी लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।

फरक प्रसँगमा प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको एकपछि अर्को फाइल खोल्न थालेपछि आफ्नो पालो आउने डरमा तत्कालिन सरकार ढालेर बर्तमान सरकार बनाइएको जिकिर समेत गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .