ad ad

राजनीति


नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिए : प्रधानमन्त्री ओली

नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिए : प्रधानमन्त्री ओली

नेपालखबर
भदौ १०, २०८१ सोमबार १७:३९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन्।

सोमवार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यतार शिष्टता बिर्सिएको देख्दा अचम्मित भएको बताए। उनले नयाँ पुस्ताको अकर्मण्यता नेपालीपन नभएको बताए।

उनले भने, ‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ। यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन्। अरुका कार्यक्रम बिथोल्ने गरेका छन्। म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन, नेपाली संस्कृति होइन।

प्रधानमन्त्री ओलीले नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिन युवाहरुलाई आग्रह गरे। उनले नेपाल मेलमिलाप, शान्तिपूर्ण देश भएको बताए।

नेपाली समाज संस्कृतिले भरिपूर्ण समाज भएको भन्दै नेपाली समाज जति बिथोल्न खोजेपनि र जति भाँड्न खोजेपनि नभाँडिने जिकिर गरे। उनले नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गरी विश्वव्यापी फैल्याउनुपर्ने बताए।

उनले भने, ‘नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिऔँ। हाम्रो देश मेलमिलापको देश हो। शान्तिपूर्ण ढंगले चल्ने देश हो। नेपाली समाज जति बिथोल्न खोजेपनि, जति भाँड्न खोजेपनि बिथोलिन र भाँडिन मान्दैन। नेपाली समाज, संस्कृतिले भरिपूर्ण समाज हो। नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गर्नुपर्छ। विश्वव्यापी रुपमा फैल्याउनु पर्दछ।’

प्रधानमन्त्री ओलीले गौरा लगायत पर्वहरुले नेपालको पहिचान दिएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .