ad ad

राजनीति


सांसद श्रेष्ठको प्रश्न– राजदूत पद राजनीतिक दलहरूको भर्ती केन्द्र हो?

सांसद श्रेष्ठको प्रश्न– राजदूत पद राजनीतिक दलहरूको भर्ती केन्द्र हो?

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०८१ बुधबार १४:४४, काठमाडौँ

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं पूर्वमन्त्री विराजभक्त श्रेष्ठले विभिन्न १७ देशका लागि राजदूत नियुक्त गर्ने सरकारको सिफारिसप्रति आपत्ति जनाएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा राजदुत दललाई सरकारले दलहरूको भर्ती केन्द्रको रुपमा उपयोग गरिरहेको भन्दै असन्तुष्टि जनाएका हुन्।

सांसद श्रेष्ठले पदीय मर्यादालाई धान्न नसक्ने व्यक्तिलाई राजदुत पदमा नियुक्ति गरेर नेपालको छविलाई अन्तर्राष्ट्रिय रुपमा धमिल्याउने काम नगर्न पनि सरकारलाई सचेत गराए। 

राजदूत नियुक्तिको विषय नेपालको छवि बिगार्ने अस्त्र बनाउने काम सरकारले गर्न नहुने उनको भनाइ थियो। 

‘के राजदूत पद राजनीतिक दलहरूको भर्ती केन्द्र हो? राजदूत नहुँदा देशको प्रतिष्ठामा आँच आएको छ र नेपालीहरूलाई समस्या परेको छ। सरकारले राजदूत नियुक्ति सम्बन्धि निर्देशिकाको समेत पालना गरेको छैन। यसले नेपालको अन्तर्राष्ट्रिय छवि धमिल्याउन सक्छ। देशको प्रतिनिधित्व गर्नुपर्ने राजदुत पदमा पदीय मर्यादा नै धान्न नसक्ने मान्छेको नियुक्तिले देशको छवि धमिल्याउन नदिन म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

सांसद श्रेष्ठले राजदुत पद योग्यता र दक्षता भएको व्यक्तिलाई दिन उपयुक्त हुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .