ad ad

राजनीति


भारतीय नेसनल डिफेन्स कलेजका प्रशिक्षार्थीद्वारा कामु प्रधानसेनापतिसँग भेटवार्ता

भारतीय नेसनल डिफेन्स कलेजका प्रशिक्षार्थीद्वारा कामु प्रधानसेनापतिसँग भेटवार्ता

नेपालखबर
भदौ १७, २०८१ सोमबार १५:५१, काठमाडौँ

कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देल र भारतीय नेसनल डिफेन्स कलेज का सिनियर डाइरेक्टिबीच शिष्टाचार भेटघाट भएको छ। जङ्गी अड्डामा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

सो अवसरमा भारतीय नेसनल डिफेन्स कलेजका शिक्षार्थीहरूलाई नेपाली सेनाको बारेमा जानकारी गराइएको थियो।

भ्रमण दलले नेपाली सेनाका केही इकाईहरूका साथै काठमाडौँ, पोखरा, लुम्बिनी र जनकपुरस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

भारतीय नेसनल डिफेन्स कलेज का फ्याकल्टि तथा उक्त कलेजमा सञ्चालन भइरहेको नेसनल डिफेन्स कोर्समा सहभागी विभिन्न राष्ट्रका शिक्षार्थीहरू (काजकिस्तान, संयुक्त राज्य अमेरिका, भुटान, ओमान, अस्ट्रेलिया, जापान र भारत) सम्मिलित २० सदस्यीय भ्रमण दल पाँच दिने अध्ययन भ्रमणको क्रममा यही भदौ १६ गते नेपाल आएको हो।

विभिन्न राष्ट्रहरूमा सञ्चालन हुने यस प्रकारका उच्चस्तरीय सुरक्षा एवं प्रतिरक्षा तालिममा सहभागी शिक्षार्थीहरूलाई विभिन्न मुलुकहरूको भ्रमण गराउने प्रचलन रहेको छ।

यस किसिमको अध्ययन भ्रमणबाट सामूहिक चासोका विषयमा ज्ञान र अनुभवको आदानप्रदान एवं सम्बद्ध मुलुकहरूसँगको सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .