ad ad

राजनीति


मलेसियामा उच्चस्तरीय भ्रमणका लागि पहल गर्छु : प्रस्तावित राजदूत डा. तिम्सिना

मलेसियामा उच्चस्तरीय भ्रमणका लागि पहल गर्छु : प्रस्तावित राजदूत डा. तिम्सिना

नेपालखबर
भदौ १७, २०८१ सोमबार १६:२७, काठमाडौँ

मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताएका छन्।

मलेसियालाई श्रम सम्झौताका लागि नमूना राष्ट्रको रुपमा चिनिएकाले त्यसबाट प्रधानमन्त्री स्तरको भ्रमण गर्नसक्ने नेपाली श्रमिकका लागि फाइदा हुने भएकाले आफूले उच्चस्तरीय भ्रमण गराउने कुरालाई प्राथमिकता दिएर अघि बढाउन चाहेको पनि स्पष्ट पारे। 

‘म के भन्न चाहन्छु भने यो यस्तो खालको हाईलेभलको भिजिट मलेसियाबाट चाँही गृहमन्त्रीको लेवलको भिजिट चाँही उनीहरूको चासो छ भन्ने मैले सुनेको छु। तर प्रधानमन्त्री लेभलको हामीले त्यो गर्न सक्यौँ भने जीटूजीमा मलेसिया श्रम सम्झौताको नमुनाको रुपमा मानिँदो रहेछ। त्यसकारण हामीले पनि किन मलेसियालाई केन्द्रित गरेर अगाडि नबढने?,’ प्रस्तावित राजदूत तिम्सिनाले भने।

सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत तिम्सिनाले मलेसियामा विचौलियाहरूले श्रमिकहरूलाई पाइलापिच्छे नै ठग्ने गरेको उल्लेख गर्दै त्यसका अन्त्य गर्न आफू लागिपर्ने  बताए। 

उनले मलेसियामा श्रमिकको पक्षमा काम गर्न विचौलियाहरुको कारण सहज नभएकाले आफूलाई टिकेर काम गर्न सहज नभएको पनि बताए।

‘मलेसियामा म्यान पावरको कुरा यस्तो हुँदो रहेछ। यहाँ म्यान पावर कम्पनी हुने, त्यहाँ पनि म्यान पावर कम्पनी हुने। अनि, यहाँको म्यान पावरले उहाँ विचौलियो राखेको हुन्छ। र, त्यो विचौलियाले त्यहाँ सिन्डीकेट गरेर श्रमिकलाई सोझै कम्पनीसँग सम्पर्क गर्न नै दिँदैन। यहाँ खान्छ, उहाँ गएपछि त्यही खान्छ। त्यो मलेसियाका दूतावासतिर यहाँहरू जानु भएको छ कि छैन? त्यहाँ स्याउँस्याउँती विचौलियाहरू हुन्छन र,’ उनले समितिमा भने, ‘जताततै ठग्ने काम गर्दछन रे। म एकदमै अप्ठ्यारो ठाउँमा जाँदैछु। मलाई थाहा छैन–म कति टिक्न सक्छु। यहाँहरूले बिचैमा तँ फेल भइस्, आइजा भन्नुभयो भने मलाई केही छैन। म राष्ट्रका लागि, देशका लागि इमान्दारितापूर्वक काम गर्ने हो त्यहाँ। यस्ता कुरामा श्रम नीति अन्तर्गत जान सकियो भने सहज हुन्छ। त्यसले सरकारले सहयोग गर्नुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .