ad ad

राजनीति


राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

नेपालखबर
भदौ १८, २०८१ मंगलबार २१:४०, काठमाडौँ

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकारलाई निर्देशन दिएको छ।

मंगलबार बसेको समितिको बैठकले सो निर्देशन दिएको हो।

बैठकपछि सरकारलाई निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले आगामी दिनमा सरकारले राजदुत नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिन निर्देशन दिए।

उनले विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए।

‘विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउँदा समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिन्छ। यसो आउँदैछ, उनीहरुसँग के कुरा गर्ने? त्यो पनि ख्याल गर्नुहोला। राजदूत अहिले त सिफारिस भएको छ। भविष्यमा थप पारदर्शी, समावेशी बनाउन समितिले निर्देशन दिन्छ। राजदुत पदमा नियुक्ति गर्दा समावेशी, समानुपातिकतालाई ध्यान दिइ सिफारिस गर्न सरकारको ध्यानार्षकण गराउने,’ उनले भने।

उनले राजदूत नियुक्ति भविष्यमा थप पारदर्शी बनाउन पनि सरकारको ध्यानाकर्षण गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .