ad ad

राजनीति


संसद्‌मा सुहाङ : बुवाकै शब्द सापटी लिएर भन्छु- सहमति र सहकार्य

संसद्‌मा सुहाङ : बुवाकै शब्द सापटी लिएर भन्छु- सहमति र सहकार्य

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १९:२०, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद सुहाङ नेम्वाङले सुसंस्कृत समाज निर्माणका लागि आग्रह गरेका छन्। बुवाको निधनको वर्षदिन पुगेको स्मरण गर्दै मंगलबार प्रतिनिधि सभा बैठकमा स्मरण गरे। 

संविधान सभाका पूर्वअध्यक्ष समेत रहेका सुवासको सम्झना गर्दै उनले भनेका छन्, ‘सुवास नेम्बाङको अर्को पाटो भनेको विनम्रता र आशा हो। सधैं भन्नुहुन्थ्यो, ‘विनम्रताले दुनियाँ जित्न सकिन्छ।’ 

उनले अहिले चलिरहेको आँधीबेहरीलाई रोकेर सुसंस्कृत समाज निर्माण गर्ने दाबी गरे। 

‘घृणा महामारी जस्तै सल्किरहेको छ। आशा होइन निराशाको व्यापार भइरहेको छ। इतिहासलाई गाली गर्ने, आज हामी जहाँ उभिएका छौँ। त्यो जग बनाइदिने नेतृत्वलाई गाली गर्ने। यसरी नै निराशा, उत्तेजना र घृणा फैलिइरहने हो भने असहिष्णुताको आँधीवेहरी चलाइरहने हो भने नेपाली समाज विघटनतर्फ नजलाला भन्न सकिन्न,’ उनले भने, ‘मेरो विनम्र अनुरोध छ, देश बन्छ, बनाउनुपर्छ। असहिष्णुताको आँधीवेहरी होइन सुसंस्कृत समाज निर्माण गरौँ। बुवाकै शब्द सापटी लिएर भन्छु, ‘सहमति र सहकार्य।’

साथै, उनले समाजको तल्लो वर्गलाई परिवर्तनको अनुभूति गराउन नसकी समृद्धि हासिल हुन नसक्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .