ad ad

राजनीति


२०७९ मा चुनाव लडेका होइनौं, २०८४ मा लड्ने निम्तो दिएर आएका हौं : रवि लामिछाने (लाइभ)

२०७९ मा चुनाव लडेका होइनौं, २०८४ मा लड्ने निम्तो दिएर आएका हौं : रवि लामिछाने (लाइभ)

नेपालखबर
असोज २, २०८१ बुधबार १७:३४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी अघिल्लोपटक चुनाव लडेको नभएर अर्को चुनावका लागि निम्तो दिन आएको टिप्पणी गरेका छन्।

बुधबार पार्टीको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले पार्टी होइन, झन् बलियो हुँदै गइरहेको जिकिर पनि गरे।

‘हामी कमजोर होइन, बलियो हुँदै छौँ, अझै फैलिँदै छौँ,’ उनले भने, ‘युद्ध नै लडेका छैनौँ। कसरी हारिन्छ?’

वास्तविक चुनाव २०८४ मा हुने लामिछानेको भनाइ छ। ‘२०७९ मा हामी लडेका होइनौँ, हामी २०८४ मा लड्ने निम्तो मात्रै दिन आएका हौँ,’ उनले भने, ‘जितहार त २०८४ मा लडेपछि थाहा हुन्छ।’

इलाममा भएको उपनिर्वाचनमा पार्टीको हारले अझै मेहनत गर्न सचेत गराएको लामिछानेको भनाइ छ। ‘इलामले हाम्रो टाउकोमा घन्टी बजायो र भन्यो यतिले पुगेन, अझै तीक्ष्ण, चतुर र सचेत प्रयत्न गर। बस्, इलाममा यत्ति भयो,’ उनले।

लाइभ हेर्नुहोस्:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .