ad ad

राजनीति


सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीश र राजदूत विरुद्धको उजुरी खोलिने

सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीश र राजदूत विरुद्धको उजुरी खोलिने

नेपालखबर
असोज १४, २०८१ सोमबार १०:१५, काठमाडौँ

संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। समितिको ४६ औं बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। 

आजको बैठकमा नेपालको प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने कार्यसूची छ। 

बैठकमा प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरुले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गरिने छ। 

समिति सचिवालयका अनुसार नेपालको प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम आज कार्यतालिका तयार गरिनेछ। 
 
साथै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने पनि समितिले सूचनामा उल्लेख गरेको छ। 

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्याधिशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको छ। भदौ ३१ गते साँझ बसेको परिषद्को बैठकले राउतको नाम सिफारिस गरेको हो।    

सरकारले परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियम र अस्ट्रेलियाका लागि चित्रलेखा यादवलाई राजदूतमा सिफारिस गरेको छ। 

असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधिशमा सिफारिस राउतसँगै अस्ट्रेलिया र बेल्जियमका लागि राजदूत सिफारिस यादव र लम्सालविरुद्ध उजुरी आह्वान गरेको थियो। उजुरी आह्वानको समय हिजो सकिएपछि समितिले आज प्राप्त उजुरी खोल्न लागेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .