ad ad

राजनीति


प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध संसदीय समितिमा ६ वटा उजुरी

प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध संसदीय समितिमा ६ वटा उजुरी

नेपालखबर
असोज १४, २०८१ सोमबार १०:५७, काठमाडौँ

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेको छ। 

गएको भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्याधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो। 

असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध सार्वजनिक उजरी आह्वान गरेकोमा तोकिएको १० दिन (हिजोसम्म) राउतविरुद्ध ६ वटा उजुरी प्राप्त भएको समितिका एकजना कर्मचारीले जानकारी दिए। 

असोज ३ को समितिको बैठकले प्रधानन्याधीशमा सिफारिस राउतसँगै बेल्जियम र अस्ट्रेलियाका लागि राजदूत सिफारिस सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध पनि उजुरी माग गरेको थियो।

समितिमा प्राप्त आठ उजुरीमध्ये ६ वटा प्रधानन्यायाधीश विरुद्धका छन्। दुईवटा उजुरी राजदूत विरुद्ध परेको समिति सचिवालयले जनाएको छ। 

‘तोकिएको समयमा जम्मा आठवटा उजुरी प्राप्त भएको छ, जसमा ६ वटा उजुरी सिफारिस भएका प्रधानन्याधीशविरुद्धका छन् भने २ वटा राजदूत विरुद्धका। उजुरीमा के छ भन्ने कुरा चाहिँ समितिको बैठकमा खोलेपछि मात्रै थाहा हुन्छ। दिउँसो १ बजे समितिको बैठक बस्दैछ,’ ती कर्मचारीले नेपालखबरसँग भने। 

प्रस्थावित प्रधानन्यायाधीश र राजदूतहरुका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोलेर छलफल गर्न संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .