अमेरिकाको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। सोमबार अपरान्ह साढे ४ बजे प्रधानमन्त्री ओली अमेरिकाको बोस्टनबाट कतारको दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
उनलाई स्वागत गर्न विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह लगायतले स्वागत गरेका थिए।
गत असोज ४ गते अमेरिका गएका ओली १० दिनपछि सोमबार फर्किएका हुन्। ओलीलाई विमानस्थला स्वागत गर्न सभामुख, मन्त्री, कर्मचारी, लगायतका उच्च पदस्थहरू पुगेका थिए।
ओलीले अमेरिका भ्रमणले सकारात्मक सन्देश दिएको प्रेस विज्ञप्तिमार्फत बताएका छन्।
246
Shares
प्रतिक्रिया