ad ad

राजनीति


परराष्ट्र सचिव लम्साल राजदूत हुन अयोग्य रहेको भन्दै संसदीय समितिमा उजुरी

परराष्ट्र सचिव लम्साल राजदूत हुन अयोग्य रहेको भन्दै संसदीय समितिमा उजुरी

नेपालखबर
असोज १४, २०८१ सोमबार २२:२०, काठमाडौँ

परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमको लागि राजदूत हुन अयोग्य रहेको भन्दै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ। 

प्रस्तावित राजदूत लम्सालको निर्णय क्षमता कमजोर भएको आरोप लगाउँदै नेपाली राजदूतावास इजरायलमा कार्यरत कार्यवाहक राजदूत कुमार बहादुर श्रेष्ठले संसदीय सुनुवाइ समितिमा उजुरी दिएका हुन्। 

श्रेष्ठले उजुरीको सुरुमै सांसदहरूलाई सम्बोधन गर्दै तत्कालिन परराष्ट्र सचिव भरतराज पौड्यालको दूषित विचारबाट अन्यायमा परी पीडित भएको आफूलाई बेल्जियमका लागि राजदूत सिफारिस हालकी परराष्ट्र सचिव लम्सालले पनि अन्याय गरी निजामति सेवा ऐन÷नियम तथा परराष्ट्र सेवा नियम र निर्देशिकाको मर्म विपरीत काम गरेकाले उनलाई बेल्जियमका लागि अयोग्य घोषणा गर्न माग गरेका छन्। 

गएको वर्ष (२०८०) साउन २९ मा भएको विदेशस्थित नियोगहरूमा हुने सरुवामा तत्कालिन वरिष्ठ सहसचिव (सरुवा समितिको संयोजक) लम्सालले आफ्नो पूर्ण दाबी पुग्ने नियोगमा सरुवा नगरी द्वन्द्वग्रस्त देश इजरायलमा रहेको नियोगमा सरुवा गर्न सिफारिस गरेको र त्यो सिफारिस विभेदकारी र पक्षपाती भएको श्रेष्ठको आरोप छ। पछि अन्तरनियोग सरुवा पाउने आशामा आफूले सो सरुवा निर्णयलाई स्वीकार गरेको उनले बताएका छन्। 

आफूले मागेको १ नम्बर स्थानमा ग प्लस ग वर्गमा काम गरी आएको आफूलाई सरुवा नगरी ग वर्गमा मात्रै बसेर आएकी कर्मचारीलाई सरुवा गरिएको श्रेष्ठले निवेदनमा लेखेका छन्। अन्तर नियोग सरुवाको प्रावधान बमोजिम यस पटक पनि (२०८१ साउन १ मा) वर्तमान सचिवलाई संवोधन गरी आफूले इजरायलबाट अमेरिकाको वासिंगटन सरुवा मागेको तर आफ्नो माग जायज हुँदाहुँदै पनि आफ्नो जरुवा नगरिदिएको श्रेष्ठले गुनासो गरेका छन्। 

श्रेष्ठले निवेदनमा लेखेका छन्, ‘सो सरुवाका सम्बन्धमा तर्कपूर्ण बुँदाहरू राखेर माग्दा पनि जानकारी केही नआएपछि पुनः विशेष अनुरोध गरेँ। फोन गरेँ। वर्तमान परराष्ट्र मन्त्रीज्यूलाई पनि आग्रह गरेँ। वरिष्ठ सहसचिव अमृत राईज्यूलाई विन्ती जायर गरेँ। मेरो केही लागेन। ०८१ साउन २९ मा गरिएको सरुवामा पनि मलाई समेटिएन।’ 

यस विषयमा प्रस्ताविद राजदूत लम्सालले संसदीय सुनुवाई समितिमा चित्तिबुझ्दो जवाफ दिनुपर्ने श्रेष्ठले निवेदनमा माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .