गत बिहीबारदेखि शनिबारसम्म निरन्तर परेको अविरल वर्षाका कारण काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा ठूलो क्षति पुर्यायो।
काठमाडौँ उपत्यका भएर बग्ने बागमती, विष्णुमती, हनुमन्तेल नख्खु लगायतका खोलामा आएको बाढीका कारण सयौँ सर्वसाधरणको बिचल्ली भएको छ।
यसरी बिचल्लीमा पर्नेमा नदी किनारका बस्तीमा बसोबास गर्नेहरू धेरै छन्। यसमा पनि सुकुम्बासी बस्तीका सर्वसाधरणलाई ठूलो क्षति पु¥याएको छ।
सुकुम्बासी बस्तीका स्थानीयले सरकारले आफूहरूका लागि केही पहल नगरेको गुनासो गरेका छन्। सोमबार दिउँसो नदी किनार छेउका सुकुम्बासी बस्तीमा पुग्दा उनीहरू अझै घर/टहराभित्र छिर्न सकेका छैनन्।
तस्बिरहरूः
510
Shares
प्रतिक्रिया