ad ad

कारोबार


३७ अंकको उचाइपछि नेप्से २७ सयनजिक, ७ अर्बको सेयर किनबेच

३७ अंकको उचाइपछि नेप्से २७ सयनजिक, ७ अर्बको सेयर किनबेच

नेपालखबर
असोज २१, २०८१ सोमबार १५:२८, काठमाडौँ

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ७ अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। 

नेप्सेका अनुसार बजार परिसूचकले आज ३७.१३ अंकको उचाइ लिएको हो। 

दिनभरिमा १.३९ प्रतिशतले बजार बढेसँगै १ करोड ५८ लाख कित्ता सेयर बिक्री भएको थियो। उक्त खरिदबिक्रीमा १७६ कम्पनीका लगानीकर्ताले कमाउँदा ६६ वटाका सेयरधनीले गुमाएका छन्। 

दुई कम्पनीका लगानीकर्ताले भने कमाउनु र गुमाउनुपरेन। 

आइतबार ५६ अंकले सूचक बढ्दा ६ अर्ब १३ करोडको सेयर किनबेच भएको थियो। 

कसले कमाए? 
सोमबार धेरै कमाउनेमा थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ता छन्। उनीहरुले प्रतिकित्ता ८८ रुपैयाँ आम्दानी गरे। त्यस्तै डोल्टी पावरका लगानीकर्ताले ४८ रुपैयाँ प्रतिकित्ता कमाउँदा एनआईसी एसिया फ्लेक्सी क्याप फन्डका सेयरधनीले प्रतिकित्ता ०.७५ रुपैयाँ, जोशी हाइड्रोपावरका लगानीकर्ताले २४ रुपैयाँ र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले २७.७० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। 

आज इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले ९९.७० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोर्दा कुमारी सबल योजनाका सेयरधनीले ०.६९ रुपैयाँ, विन नेपाल लघुवित्तका सेयरधनीले १७४ रुपैयाँ, जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले ६७.६० रुपैयाँ र पोखरा फाइनान्सका लगानीकर्ताले २५ रुपैयाँ गुमाएका छन्। 

चन्द्रागिरि हिल्सको उच्च कारोबार 
आज चन्द्रागिरि हिल्सको उच्च कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ९५२ रुपैयाँ मूल्यमा २६ करोड २३ लाखको सेयर खरिदबिक्री भएको हो। 

यसबाहेक एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २४ करोड ११ लाखको, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ७८ लाख, नेपाल फाइनान्सको २३ करोड ५१ लाख र गुडविल फाइनान्सको २३ करोडको सेयर कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .