ad ad

राजनीति


‘वर्ल्ड अरबान फोरम’ मा सहभागी हुन उपप्रधानमन्त्री सिंह इजिप्ट जाने

‘वर्ल्ड अरबान फोरम’ मा सहभागी हुन उपप्रधानमन्त्री सिंह इजिप्ट जाने

नेपालखबर
असोज २२, २०८१ मंगलबार १६:१८, काठमाडौँ

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह इजिप्ट जाने भएका छन्।

२०८१ कार्तिक १९ देखि २३ सम्म इजिप्टको कायरोमा आयोजना हुने वर्ल्ड अरबान फोरम सम्मेलनमा सहभागी हुन उपप्रधानमन्त्री सिंह त्यसतर्फ जान लागेका हुन्।

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन्।

यस्तै, २०८१ कार्तिक १ देखि ३ गतेसम्म रशियामा आयोजना हुने २२ औं इन्टरनेसनल स्पोर्ट्स फोरममा सहभागी हुन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई पठाउने प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरू
मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रको सुधारका लागि राय सहितको प्रतिवेदन पेश गर्न पूर्वसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा ५ सदस्यीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने निर्णय गरेको छ।

त्यस्तै प्रकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तगत विभिन्न आयोजना र निकायका लागि कूल २६६ राजपत्रांकित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने। गत वर्ष २७८ थियो। अहिले २६६ भएका छन्।
 

२०८१ कार्तिक १ देखि ३ गतेसम्म रशियामा आयोजना हुने २२ औं इन्टरनेशनल स्पोर्टस फोरममा सहभागी हुन युवा तथा खेलकुद मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ।
 

नेपालमा हिमालै हिमालको देश भनिएपनि अझै पनि हाम्रा धेरै हिमालहरु पर्वतारोहणका लागि खुला गरिएको छैन। यस पटक नेपाल सरकारको यो निर्णयमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय अन्तर्गत रहेका हिमालहरुको आरोहणका लागि थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरुलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ।
 

त्यस्तै प्रकारले हुलाक सेवा विभाग र त्यस अन्तर्गतका निकायहरुको संगठन संरचना र दरबन्दी स्विकृत गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको दूर सञ्चार दशौं संशोधन नियमावली २०८१ पनि स्वीकृत भएको छ।
 

२०८१ कार्तिक १९ देखि २३ सम्म इजिप्टको कायरोमा आयोजना हुने वर्ल्ड अरबान फोरम सम्मेलनमा माननीय उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीलाई सहभागी हुने प्रस्ताव पनि स्वीकृत गरिएको छ ।
 

सेयर तथा ऋण लगानी नीति २०८१ स्वीकृत भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .