ad ad

राजनीति


राजधानी विवाद : प्रदेश ५ सभामा कांग्रेसको नाराबाजी, बैठक केहिबेर स्थगित

राजधानी विवाद : प्रदेश ५ सभामा कांग्रेसको नाराबाजी, बैठक केहिबेर स्थगित

प्रकाश न्यौपाने
असोज १९, २०७७ सोमबार ७:५६,

प्रदेश पाँचको प्रदेश सभा बैठक केहि बेरका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुको नाराबाजीपछि बैठक केहीबेरका लागि स्थगित भएको हो।

काङ्ग्रेस संसदीय दलका नेता बीरेन्द्रकुमार कनौडियाले बैठकको सुरुमै उठेर बोलेपछी बैठक अवरुद्ध गरेका हुन्।

अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले २ बजेसम्मलाई बैठक स्थगित भएको जानकारी गराएका हुन्।

बैठक सुरुमै सभामुख घर्तीले कांग्रेस सांसद रमा अर्याल र जनता समाजवादी पार्टीका सचेतक सन्तोष पाण्डेयलाई जरुरी महत्त्वको बिषयमा बोल्न समय दिएपनि कांग्रेस संसदीय दलका नेता कनौडियाले बोलेका हुन्।

उनले सरकारले निरंकुश शैलीमा राजधानी सार्ने प्रस्ताव ल्याएको भन्दै प्रस्ताव फिर्ता गरेर सहमतिको बाटोमा प्रस्ताव ल्याउन आग्रह गरे।

मुख्यमन्त्री शंकर पोखरेलले भेगीय राजनीति गरेको भन्दै उनले पोखरेललाई कुनै जिल्ला र भेगको राजनीति गर्नुको साटो १२ वटै जिल्लाको मुख्यमन्त्री हुन सुझाव दिए।

कनौडियाले बुटवलनजिकै अन्तर्राष्ट्रिय विमानस्थल लगायत अन्य भौतिक पूर्वाधार हुँदा हुँदै नेताको निजी स्वार्थका लागि दाङ लगिएको आरोप लगाए।

गाउँपालिका र वडा कार्यालय बनाउन नसकेको अवस्थामा नयाँ स्थानमा प्रदेश राजधानी बनाउन खोज्नु असम्भव भएको बताए।

उनले बुटवललाई नै स्थायी राजधानी बनाउन माग गरे।

बैठक स्थगित भएपछि सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुबीच सहमति प्रयासका लागि छलफल जारी छ।

याे पनि:
दाङ राजधानी बनाउने प्रस्तावमा मतदान गर्न नेकपाको ह्विप (भिडियाे)

राजधानी विवाद : प्रदेश सभाको बैठक स्थगित गर्न विपक्षी दलको माग, नेकपा बैठक राख्ने पक्षमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .