राजनीति


निवर्तमान मन्त्रीसँग प्रधानमन्त्रीले भने : अदालतले दु:ख दियो

निवर्तमान मन्त्रीसँग प्रधानमन्त्रीले भने : अदालतले दु:ख दियो

नेपालखबर
असार ८, २०७८ मंगलबार १७:३२,

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरुसँग बालुवाटारमा कुरा गर्दै उनले अदालतले दु:ख दिएको बताएका छन्।

मंगलबार साँझ बालुवाटार पुगेका एक निवर्तमान मन्त्रीका अनुसार अदालतका पछिल्ला फैसलाले प्रधानमन्त्री केपी ओली चिन्तित थिए।

कुनै काम गर्न खोज्दा अदालतले दु:ख दिने गरेको ओलीले उनीहरुलाई बताएका थिए।

आज सर्वोच्च अदालतले अन्दरिम आदेश दिँदै २० जना मन्त्रीको नियुक्त बदर गरेको थियो। प्रधानमन्त्री ओलीले यस अघि नियुक्त गरेका ७ जना पूर्वमाओवादी मन्त्रीको नियुक्ति पनि अदालतले बदर गरेको थियो।

ओलीले अदालतभित्र राजनीति हाबी भएको आरोप लगाउँदै ५ जनाले मात्र कसरी काम गर्ने भन्दै दुखेसो पोखेको ती निवर्तमान मन्त्रीले बताए।

आफूले संविधान अनुसार नै मन्त्रिपरिषद विस्तार गरे पनि अदालतबाट बदर हुनु दु:खद भएको ओलीले बताएका थिए। ओलीले आफूले अदालतको आदेश मान्ने बताएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .