नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले विपक्षी दलहरू किन सडक संघर्षमा लागेका होलान् भनेर प्रश्न गरेका छन्।
हिजो लोकतन्त्र स्थापनाका लागि बनेका राजनीतिक दल आज अदालतबाट निर्दल पुनस्थापनाका लागि सडक आन्दोलनमा निस्किएको हो भनेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेता बाँस्कोटाले कटाक्ष गरेका छन्।
पूर्वसञ्चारमन्त्रीसमेत रहेका बाँस्कोटाले संविधानको धारा ७६ का २ र ५ को सम्बन्ध रहेको जिकिर पनि गरेका छन्। यी दुईबीच सम्बन्ध छैन भन्ने हो भने पार्टीबाट बनेका सांसद र सरकारको पनि सम्बन्ध हुँदैन भनेर टिप्पणी गरेका छन्।
‘विपक्षी सडकमा तर किन? हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनस्थापनाका लागि सडकमा हो,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संविधानको धारा ७६ को २ र ५ को सम्बन्ध छैन भन्ने हो भने पार्टी टिकेट सांसद र सरकारको सम्बन्धै रहेन। त्यसो हो भने विपक्षी गठबन्धन सत्ताको लागि प्रणाली नै परिवर्तनतर्फ लाग्यो।’
प्रतिक्रिया