ad ad

राजनीति


केन्द्र सरकारविरुद्ध हेटौँडामा सातै प्रदेश सरकारको भेला (तस्बिर)

केन्द्र सरकारविरुद्ध हेटौँडामा सातै प्रदेश सरकारको भेला (तस्बिर)

सुनिता विष्ट
पुस १३, २०८० शुक्रबार ११:२७, हेटौँडा

केन्द्र सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण नगरेको भन्दै दबाब दिन आज (शुक्रबार) सातै प्रदेशका मुख्यमन्त्री बागमती प्रदेशको राजधानी हेटौँडामा भेला भएका छन्।

केन्द्र सरकारसँग अधिकार माग्न दबाबमूलक कार्यक्रमअन्तर्गत आज उनीहरुले हेटौँडामा बैठक राखेका हुन्।

अधिकार प्राप्तिका लागि केन्द्र सरकारलाई दबाब दिन स्थानीय तहसमेत सातै प्रदेश सरकारले संयुक्त मोर्चा बनाएका हुन्।

बागमती प्रदेशको राजधानीमा संघीयता कार्यान्वयनबारे स्थानीय तहका संगठन र प्रदेश सरकारबीच छलफल सुरु भएको हो। 

मुलुक संघीयतामा गएको ६ वर्ष बित्दा पनि संविधानमा उल्लिखित अधिकार केन्द्र सरकारले कुण्ठित गरेको उनीहरुको आरोप छ। 

तहगत अधिकार कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला भएका हुन्। 

गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तरप्रदेश बैठकले ६ महिनाभित्र संघले प्रदेशलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरिसक्नुपर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषद्‌को बैठकका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएपछि मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .