राजनीति


धादिङ दुर्घटना अपडेट : १५ घाइतेको उपचार जारी, १६ जना डिस्चार्ज

धादिङ दुर्घटना अपडेट : १५ घाइतेको उपचार जारी, १६ जना डिस्चार्ज

फाइल तस्बिर


सुनिता विष्ट
फागुन ६, २०८० आइतबार १२:९, हेटौँडा

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु बेनीघाट सडकमा शनिबार बस दुर्घटना हुँदा घाइते भएकामध्ये धरेजसो उपचारपछि घर फर्किएका छन्। 

दुर्घटना घाइते ३१ जनामध्ये १६ जना डिस्चार्ज भएर घर फर्किएका हुन् भने बाँकी १५ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले जानकारी दिए। 

शनिबार बिहान काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा ५ ख ५०७१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ क नम्बरको ट्रक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका थिए।
 

यी हुन् उपचारत घाइते
दुर्घटनामा घाइते भएका बस चालक मकवानपुरका ३२ बर्षीया रत्न तामाङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले जानकारी दिए। 

उनको खुट्टमा चोट लागेको छ। तामाङको काठमाण्डौँको बल्खुमा रहेको बयोधा अस्पतालमा उपचार भैरहेको मिश्रले बताए। 

सोही अस्पतालमा काठमाण्डौँका ७४ बर्षीय रामहारी के.सी (टाउकोमा चोट,अबस्था मध्यम), काठमाण्डौँ कलंकी बस्ने बर्ष ४९ का केशबराज पौडेल (मुख-टाउकोमा चोट), रामेछाप मन्थलीका ५६ बर्षीय रामशरण अधिकारी (निधारमा चोट,अबस्था मध्यम), काठमाण्डौँ बस्ने बर्ष ५० कि निर्मला शेढाई (छातिमा चोट,अबस्था मध्यम), को बयोधा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

यस्तै, काठमाण्डौ कलंकी बस्ने बर्ष ४६ कि गंगा रिजाल (टाउको र खुट्टामा चोट,अबस्था मध्यम) र काठमाण्डौका ६० बर्षीय सुर्य खवास (मुखमा र घुडामा चोट,अबस्था मध्यम) को पनि सोही अस्पतालमा उपचार भैरहेको एसपी मिश्रले जानकारी दिए। यस्तै, काठमाण्डौ बस्ने ६३ बर्षीया अम्बिका साप्कोटा (खुट्टा,छातिमा चोट,अबस्था मध्यम), सोही स्थानका ७६ बर्षीय एकदत्त सापकोटा (अबस्था मध्यम), नवलपरासी बस्ने बर्ष ४९ का माधब नेपाल (मुख-टाउकोमा चोट,अबस्था मध्यम) र लम्जुङ राजनाथ नगर पालिका ५ का ५६ बर्षीय रामचन्द्र बख्रेल (अनुहारमा चोट,अबस्था गम्भिर) को भने ट्रमा सेन्टर काठमाण्डौंमा उपचार भैरहेको प्रहरी जनाएको छ।

यस्तै दुईजना घाइतेहरुको टिचिङ अस्पताल काठमाण्डौंमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी मिश्रले जानकारी दिए। उनका अनुसार काठमाण्डौं महानगरपालिका ४ बालाजुका ५८ बर्षीया कुमारी पुन (अनुहार/दुबै खुट्टामा चोट, अबस्था मध्यम) र सिन्धुपाल्चोक घर भई हाल काठमाण्डौं बस्ने ५९ बर्षीया लक्ष्मी श्रेष्ठ (दायाँ खुट्टामा चोट,अबस्था सामान्य) रहेका छन्।

मकवानपुर घर भई हाल काठमाण्डौं कलंकी बस्ने ५९ बर्षीया राधा ढकालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको नाक, निधार, टाउको र घाँटीमा चोट लागेको छ । उनको अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौंमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले नेपालखबरलाई जनकारी दिए।

बसमा सवार यात्रीहरु देवघाट दर्शनमा निस्किएका थिए । काठमाण्डौंबाट शनिबार बिहान ८ बजेतिर गुडेको बस १० बजेतिरको समयमा धादिङ मलेखुको बेनीघाटमा दुर्घटना भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .