ad ad

राजनीति


हेलिकोप्टर आएन, ताप्लेजुङका चार स्थानको मतपेटिका पैदलै ल्याइँदै

हेलिकोप्टर आएन, ताप्लेजुङका चार स्थानको मतपेटिका पैदलै ल्याइँदै

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १०:४३, विराटनगर

ढुवानीका लागि हेलिकप्टर नआउने भएपछि ताप्लेजुङका ४ वटा मतदानस्थलको मतपेटिका कर्मचारमार्फत बोकेर ल्याइँदैछ। 

ती मतपेटिका सोमबार साँझसम्म इलाडाँडासम्म आइपुग्ने छन्। त्यसपछि गाडीमार्फत सदरमुकाम ल्याइने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ। 

फक्ताङलुङ गाउँपालिका–७ को ओलाङचुङगोला, याङ्मा तथा वडा नं. ६ को ग्याब्ला र घुन्साको मतपेटिका मंगलबार अबेरमात्र आइपुग्ने सम्भावना छ। 

हेलिकोप्टरमार्फत ल्याउने भनिए पनि नआएपछि पैदलमार्गमार्फत नै ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए। 

बाँकी १ सय १९ वटा मतदान केन्द्रको मतपेटिका सोमबार बिहान ३ बजे सदरमुकाम ल्याइएको छ। 

जिल्लामा ४८ हजार ३ सय ५५ मत खसेको निर्वाचन अधिकारी दिनेश खनालले बताए। जुन ५५ प्रतिशत मत हो। यहाँ ८८ हजार २ सय ८५ वटा मतदाता थिए।

निर्वाचन अधिकृतको कार्यालयका याङ्मामा १६ जना, ओलाङचुङगोलामा ९७, घुन्सामा ६० र ग्याब्लामा २२ मत खसेको छ।

ओलाङचुङगोलामा २ सय ८४ र याङमामा ६१ जना मतदाता थिए। ग्याब्लामा ६७ जना मतदाता र घुन्सामा  १ सय ६९ जना मतदाता थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .