ad ad

राजनीति


तनहुँ २ को प्रदेश (ख) मा कांग्रेसका जीत प्रकाश आले मगर विजयी

तनहुँ २ को प्रदेश (ख) मा कांग्रेसका जीत प्रकाश आले मगर विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ६:३२, तनहुँ

तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका जीतप्रकाश आले मगर विजयी भएका छन्।

बुधबार बिहान सम्पन्न मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले प्रतिस्पर्धीभन्दा ६ सय ४० मतान्तरले विजयी भएका हुन्।

आलेले १३ हजार आठ सय ६० मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गरेका छन्।

प्रदेशसभामा निर्वाचित आले नेपाली कांग्रेसका जिल्ला सभापति हुन्। सिग्देल क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत हुन्। 

२०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिग्देलले यसपटक प्रदेशसभामा प्रतिस्पर्धा गरेका हुन्। उक्त क्षेत्रमा २९ हजार आठ सय ९८ मत खसेको थियो। यो प्रदेशमा ऋषिङ, घिरिङ गाउँपालिका तथा भिमाद नगरपालिका पर्छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .