नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा देशका कयौँ ठाउँमा सत्ता पक्षले बुथ कब्जा गरेको बताएका छन्।
चुनाव जितेपछि बिहीबार झापाको दमक पुगेका ओलीले त्यहाँ एमाले कार्यकर्ता र शुभेच्छुकहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
'देशका कतिपय ठाउँहरूमा चुनाव जित्ने नाममा मान्छे मार्ने काम भएको छ। सत्ता पक्षको संरक्षणमा बुथ कब्जा गराउने र गुण्डा गर्दी गराउने काम भयो', उनले भने, 'घरमा सुतेका मान्छेलाई बाहिर निकालेर हत्या गरियो। सत्ता संरक्षणमा अपराध र गुण्डागर्दी भयो।'
उनले केही जिल्लाको नाम नै लिएर बुथ कब्जा गरिएको बताए। 'दोलखा, स्याङ्जा र बाजुरामा बुथ कब्जा भयो। दुईजनाको निर्वाचनमै ज्यान लिइयो', उनले भने, 'सत्ताले शान्ति सुरक्षा दिनुपर्नेमा बुथ कब्जा गर्ने काम गरेको छ। तर हामी शान्तिपूर्ण निर्वाचनको पक्षमा छौँ।'
Shares
प्रतिक्रिया