प्युठानबाट प्रतिनिधि सभामा निर्वाचित नेकपा (एमाले) का नेता सूर्य थापालाई प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बधाई दिएकी छन्।
पौडेलले नवनिर्वाचित थापालाई भेटेरै बधाई दिएकी हुन्।
आफ्नो हारपछि बिहीबार विज्ञप्ति प्रकाशित गरी पौडेलले प्रतिनिधि सभामा निर्वाचित सूर्य थापा, प्रदेश सभा (क) मा निर्वाचित तुलसीराम शर्मा र प्रदेश सभा (ख) मा विजयी हुने सरोज थापा (रोज राणा) लाई बधाई दिएकी थिइन्।
विज्ञप्तिमा उनले प्युठानको समग्र विकासमा सधैँ जनताको साथमा रहने प्रण गर्दै गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता समेतको रक्षा र जानजीवनसित जोडिएका समस्याहरूको समाधानमा सधैँ संघर्ष गरिरहने प्रतिवद्धतासमेत जनाएकी छन्।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पौडेल गठबन्धनको उम्मेदवार रही पराजित भएकी थिइन्। निर्वाचित थापा ४१ हजार ११८ मत ल्याउँदा पौडेलको ३५ हजार ८४४ मत आएको थियो।
पाैडेल २०७४ सालकाे निर्वाचनमा वाम गठबन्धनबाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन्।
Shares
प्रतिक्रिया