दाङ–१ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन्। उनले पूर्व सहयात्री तथा नेकपा एमालेकी नेतृ शान्ता चौधरीलाई पराजित गरेका हुन्।
चौधरी २६ हजार ५६३ मतसहित विजयी भएका हुन्।
एमालेकी उम्मेदवार शान्तालाई ५ हजार ८४ मतान्तरसहित मेटमणिले पराजित गरेका हुन्।
चौधरीले २१ हजार ४७९ मत पाएका हुन्।
०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै यो क्षेत्रबाट निर्वाचित भएका थिए।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत पाएका छन्।
399
Shares
प्रतिक्रिया