रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाण पराजित हुने सम्भावना बढ्दै गएको छ।
जारी मतगणनाका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराले मतान्तर बढाएर एक हजार ७३ बनाएका छन्।
ताजा अवस्थमा बोहोराले २९ हजार ३१ मत ल्याएका छन्। उता पछ्याइरहेका खाणले २७ हजार ९५८ मत ल्याएका छन्।
मतगणनाको सुरुदेखि नै यहाँ बोहोरा र खाणबीच कडा प्रतिस्प्रर्धा चलिरहेको छ। तर पछिल्लो समय नेकपा एमालेको पनि साथ लिएर मैदानमा रहेका बोहोराले खाणलाई निरन्तर पछि पारेका छन्।
मतगणनामा उनीहरु अघि पछि परिरहेका बेला विवादका कारण बिहीबार राति केहीबेर मतगणना रोकिएको थियो।
तर शुक्रबार बिहानबाट सुचारु हुँदा बोहोरा निरन्तर अगाडि लागेका हुन्। त्यहाँ अब १५ हाजर १२९ मत गन्न बाँकी रहेको छ।
यहाँ जम्मा एक लाख ३२ हजार सात सय ९१ मतदाता थिए। जहाँ एक सय ४८ मतदान केन्द्रबाट ९२ हजार ९७२ मत खसेको थियो।
Shares
प्रतिक्रिया