जनता समाजवादी पार्टी (जसपा) नेपालका उममेदवार राजकिशोर यादव सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको छ।
उनी निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
निर्वाचन आयोगले चित्रलेखालाई १ हजार १५० मतले पराजित गर्दै राजकिशोर निर्वाचित भएका जनाएको छ।
आयोगका अनुसार राजकिशोरले २४ हजार १७८ मत प्राप्त गरेका छन् भने चित्रलेखाले २३ हजार २८ मत पाएकी छन्।
81
Shares
प्रतिक्रिया