राजनीति


ललिता निवासबारे मेरो पालामा सानो निर्णय भएको हो, छानबिनका लागि तयार छु : डा. भट्टराई

ललिता निवासबारे मेरो पालामा सानो निर्णय भएको हो, छानबिनका लागि तयार छु : डा. भट्टराई

शनिबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराई


दिनेश बुढा
साउन २७, २०८० शनिबार १२:५४, सुर्खेत

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानमा आफू पनि तानिन तयार भएको कुरा दोहोर्‍याएका छन्। 

शनिबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले ललिता निवासका विषयमा छानबिन हुनुपर्ने बताउँदै त्यसका लागि आफू तयार रहेको बताएका हुन्। 

‘ललिता निवासको सन्दर्भमा छानबिन हुनुपर्छ’, डा. भट्टराईले भने, ‘मैले  विगतदेखिनै भन्दै आएको छु– छानबिन गरौँ भनेर, म तयार नै छु।’ 

यस क्रममा उनले आफू प्रधानमन्त्री रहेका बेला सानो निर्णय भएको र त्यो नियतवश नभएको जिकिर पनि गरे। तर पनि आफू छानबिनका लागि आफू तयारै रहेको दोहोर्‍याए। 

‘ललिता निवासको विषयमा मेरो पालनामा सानो निर्णय भएको हो, ३/४ रोपनी जग्गाको विषय मेरो पालामा भएको हो’, उनले भने, ‘त्यो मेरो  नियतवश नभई मन्त्रिपरिषद्को निर्णय हो। म छानबिनका लागि तयार छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .